काठमाडाैं : बिमा समूहको प्रभु र्इन्स्योरेन्सले भदाै १७ गतेदेखि १ लाख ३७ हजार २६.६३ कित्ता शेयर लिलामी गर्ने भएको छ ।
संस्थापक समूहको १५ हजा ८ सय ६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लााख २१ हजार १ सय ५४.८७ कित्ता शेयर प्राथमिक मूल्य (१ सय रूपैयाँ) लार्इ अाधार बनाएर बेच्न लागिएको कम्पनीले जनाएको छ ।
यो कम्पनीको शेयर किन्न सर्वसाधारण लगानीकर्ताले न्यूनतम १ सय रूपैयाँ मूल्य राखेर बोलकबोलमा प्रतिष्पर्धा गर्नुपर्ने छ। लगानीकर्तामध्ये बढि मूल्य प्रस्ताव गर्नेले प्रभुको शेयर खरिद गर्न पाउनेछन् । यसका लागि भदाै १७ गतदेखि २४ गतेभित्र बोलकबोलमा सहभागी भर्इसक्नुपर्नेछ ।
प्रभुले असार ८ गतेदेखि साउन १० गतेसम्म अाफ्ना शेयरधनीका लागि प्रतिकित्ताका ०.४६ का दरले अावेदन दिन पाउनेगरि ३१ लाख ६६ हजार ६ सय ७७.६३ कित्ता हकप्रद शेयर बिक्री खोलेको थियो । तर लगानीकर्ताले जम्माजम्मी ३० लाख २९ हजार ६ सय ६१ कित्ताका लागि मात्र अावदेन दिएपछि बिक्न बाँकी १ लाख ३७ हजार १६.६३ कित्ता शेयर लिलामीमा राख्न लागेको हो ।
लिलामीको शेयरका लागि लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं, प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट अावेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया