काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आमरण अनशन सुरू गरेको दशौँ दिनमा अनसन तोडेका छन् । कोइरालाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। बोर्डले लगानीकर्ताहरूको मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अनशन तोडेका हुन् ।
लगानीकर्ताहरु विभिन्न १९ बुँदे मागसहित संघर्षमा उत्रिएका थिए । अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया