अमेरिकी नाकाबन्दी विरूद्धको मुद्दामा सुनुवाई

एजेन्सी : इरानका वकिलहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासकद्वारा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी खारेज गर्न अन्तर्राष्ट्रिय अदालतलाई सोमबार आग्रह गर्ने भएका छन् ।

अमेरिकाले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिएको छ ।

अमेरिकाले औपचारिकरूपमा यसबारे मंगलवार आफ्नो पक्ष मौखिक प्रस्तुत गर्नेछ ।

अमेरिकी वकिलहरूले अदालतमा यो मुद्दा अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार भित्र नपर्ने तर्क प्रस्तुत गर्नेछन् ।

संयुक्त राष्ट्र संघको न्यायालयको रूपमा यो अन्तर्राष्ट्रि अदालत रहेको छ । यहाँ अन्तर्राष्ट्रिय मामिलाहरूको सुनुवाइ हुन्छ ।

राष्ट्र संघीय अदालतले अमेरिका लगायतका देशहरूले निर्णयको बेवास्ता गरे त्यसलाई कार्यान्वयन गराउने शक्ति राष्ट्रसंघसँग रहेको छ्रन् ।

सन् २०१५मा इरान र राष्ट्रसंघका पाँच स्थायी सदस्य देशहरूबीच भएको परमाणु सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फीरूपमा त्यो सम्झोता नमान्ने घोषणा गरेका थिए ।

अमेरिकाको त्यो निर्णयलाई विरोध गरेपनि अमेरिकाका सहयोगी युरोपियन देशहरूले परमाणु सम्झौताबाट छुट्टै बस्ने र इरानमाथि नाकाबन्दी लगाउने कदमको विरोध गरेकाछन् ।

सन् १९५५मा इरान र अमेरिकाबीच सन्धी भएको थियो । त्यति सन्धी अझ मान्य रहेको अन्तर्राष्ट्रिय अदालतले जनाएको छ । सन् १९७९मा इरानमा इश्लामिक गणतन्त्र भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?