सेयर बजारमा हरियाली, ५५.८२ अंकले बढ्यो नेप्से

लोकपथ
105
Shares

काठमाडौं । आज आइतबार सेयर बजारमा रौनकता देखिएको छ । लगातार घटिरहेको बजार उकालो लागेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । नेपाल धितोपत्र बोर्ड र आन्दोलनरत लगानीकर्ताबीच सहमति भएसँगै सेयर बजारमा सकारात्मक माहोल देखिएको हो ।

शुक्रबार सहमति जुटेसँगै पुँजीबजार सुधारको माग गर्दै अनशन बसेका तिलक कोइरालाले १०औँ दिनमा अनशन तोडेका थिए । त्यो सँगै सेयर बजार सकारात्मक देखिएको थियो ।

आइतबार यो समाचार तयार पार्दासम्म नेप्से ५५.८२ अंकले बढेर १९१७ दशमलव ८८ बिन्दुमा उक्लिएको छ । 12 बजेर ४० मिनेट जाँदा सेयर बजार ३ प्रतिशतले बढिसकेको छ । यस अवधिमा ८० करोड ७० लाखको कारोबार भइसकेको छ ।

आज १३ वटै सूचकमा हरियाली छाएको छ । लाभांश घोषणा गरेको नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै १५० प्रतिशत हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय गरेको ङादी ग्रुप पावरको सेयर मूल्य पनि ९ दशमलव ९७ प्रतिशत ले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?