काठमाडौं : केही दिनदेखि नेपाली रूपैयाँसँग स्थिर देखिएको विदेशी मुद्राको सटही दर फेरि बढेको छ । विदेशी मुद्रा साट्दा साविकभन्दा धेरै नेपाली मुद्रा खर्च गर्नुपर्दा नेपाली रूपैयाँ थप कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १ सय ११ रूपैयाँ ९६ पैसा र बिक्रीदर १ सय १२ रूपैयाँ ५६ पैसा पुगेको छ ।
युरो १ को खरिददर १ सय ३० रूपैयाँ १० पैसा र बिक्रीदर १ सय ३० रूपैयाँ ८० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रूपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ ७१ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया