काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ। खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ।
सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ। यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाइएको छ।
यस खाता कुनै पनि शाखाबाट खोल्न सकिने यस खातामा विभिन्न सेवाहरू विनाकुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ। बैंकले हाल देशभरमा १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत सेवा विस्तार गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया