एजेन्सी: विश्वमै लगानी गुरूले चिनिने अर्बपति वारेन बफेटले भारतमा लगानी गरेका छन् ।
बफेटको भारतमा यो पहिलो पटक गरिएको लगानी हो । यसअघि बफेटको लगानी कम्पनी बर्काशायर हाथवेले पेटीएमसँग कुराकानी गरिरहेको थियो ।
हाथवेले २० अर्बदेखि २५ अर्ब भारुको लगानीबारे पेटीएमसँग कुराकानी गरिरहेको जनाइएको थियो ।
पेटीएमको माउ कम्पनी वन९७ कम्युनिकेशन्स हो । मोबाइल भुक्तानी र अनलाइन वित्तीय सेवा उपलब्ध गराउने काम पेटीएमले गर्दै आएको छ ।
बर्कशायरले कम्पनीको ३देखि ४ प्रतिशत शेयर किन्ने कुराकानी गरिरहेको सम्बद्ध स्रोतले जनाएको थियो ।
बफेटका सहयोगी डेबी बोसानेकले बफेटको लगानी भारतमा भएको बताएको समचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया