व्यापार युद्धको बेला चिनियाँ बजारमा अमेरिकी वस्तुको आपूर्ति भारतले पूरा गर्न सक्ने

एजेन्सी:  विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीचको व्यापार युद्धबाट चिनियाँ बजारमा विस्थापित हुने अमेरिकी वस्तुको आपूर्ति भारतले गर्न सक्ने देखिएको छ ।

चिनियाँ बजारमा आयात हुने गरेका अमेरिकी वस्तुहरूमा कम्तीमा १०० वस्तु भारतले निर्यात गर्न सक्ने देखिएको वाणिज्यसम्बन्धी एक अध्ययनबाट थाहा हुन आएको हो ।

चीनले यस्ता अमेरिकी वस्तुमा थप महशुल थपेको छ । कपास, मकै, बदाम र गहुँ जस्ता वस्तुको चिनियाँ बजार भारतले लिन सक्ने देखिएको छ ।

यस्ता वस्तुको निर्यात भारतले पनि गरिरहेकै छ । यो अवस्थामा भारतले यस्ता वस्तुको निर्यात बढाउन सक्नेछ ।

चीन र अमेरिकाले एक अर्का देशको उत्पादनमा भन्सार महशुल बढाउँदै आएका छन् ।

यसले गर्दा एक अर्काको देशमा एक अर्काको उत्पादनमा कमी आउने भएको छ ।

भारतको विशेष ध्यातन मकैमा रहेको छ ।

भारतले सन् २०१७–१८मा १४ करोड ३६ लाख अमेरिकी डलर बराबरको मकै चीन निर्यात ग-यो ।

यो अवधिमा चीनले ६० करोड अमेरिकी डलर बराबरको मकै आयात गरेको थियो ।

अमेरिकी मकैमा २५ प्रतिशतको भन्सार महशुल थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?