काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै, युएईका प्रमुखस्थान अबुधाबी, दुबई र सारजाह लगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।
उनीहरुले युएईभरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् ।
लुलु इन्टरनेसनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेको इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेसनल एक्सचेञ्ज हुँदै युएईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न सकिनेछ ।
यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरी हाल इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको हुनाले युएईस्थित नेपालीहरुले लुलु इन्टरनेसनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक ५ हजार तथा बम्परमा ५० हजार समेत जित्न सकिनेछ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया