अर्बपति बफेटको फेक ट्विट अकाउन्ट

एजेन्सी:  विश्वको शीर्ष पाँच अर्बपतिहरूको सूचीमा परेका लगानी गुरूले चिनिएका अर्बपति वारेन बफेटको फेक ट्विटर अकाउन्टले ज्ञान बाँडेर लोकप्रियता कमाइरहेको पाइएको छ ।

बफेटको फेक अकाउन्टको पहिलो ट्विटलाई ३ लाख भन्दा बढीले ट्विट गरेको पाइएयो ।

केही दिनभित्र यसका फलोअर हजारों पुगेका छन् । यो ट्विटलाई राजनेता र पत्रकारहरूले फलो गर्दै रिट्विट गरेका छन् ।

यो फेक अकाउन्टले प्रेरक प्रसंग उल्लेख गरिरहेको छ । बफेट जसता व्यक्ति ट्विटरमा आए ट्विटरले उनलाई ब्लु टिक दिन्थ्यो ।

तर यो अकाउन्टमा ब्लु टिक छैन् । अर्को गलती वारेन बफेटको नाम गलती लेखिएको छ । यो अकाउन्टमा मात्र प्रेरक ट्विट छन् अन्य ट्विट छ्रैनन् ।

यसले यो अकाउन्ट फेक हो बुझ्न सकिने देखिन्छ । 

बफेटको असली अकाउन्टमा कम ट्विट गरेको पाइन्छ ।

ट्विटरले यो अकाउन्ट विरूद्ध कारवाइ गरी बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?