एशिया कप छनोट: रोहितले लिए ओमनको दोस्रो विकेट

काठमाडौं । एशिया कप छनोट अन्तर्गत नेपालले दिएको २ सय २२ रनको चुनौती पछ्याउँदै ओमनले ब्याटिङ गरिरहेको छ । 

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल तयार पारको थियो । 

विजयी लक्ष्य लिएर ब्याटिङ गरेको ओमनले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको ओमानका ओपनर ब्याट्सम्यान अकीव लेयसलाई १६ रनमा आउट गरे ।

उनी नेपालका कप्तान पारस खड्काको बलमा ‘एलबिडब्लु’मा आउट भए । त्यस्तै, अर्का ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन बनाएर आउट भए । उनलाई रोहित कुमार पौडेलले आउट गरे । सिंह रन आउट भएका थिए । 

यो समाचार तयार पार्दासम्म ओमनले २६ ओभरमा २ विकेट गुमाउँदै ८३ रन बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?