काठमाडौं । एशिया कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ओमानका लागि खावर अलीले नटआउट सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै जिसन मक्सुदले ४५ रन बनाए ।
अली र मक्सुदको जोडीले चौँथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। त्यस्तै वैभव वाटेगाओनकरले ४१ र जतिन्दर सिंहले ३० रन जोडे। नेपालका लागि कप्तान पारस खड्काले मात्र १ विकेट लिए। ओमानका २ खेलाडी भने रनआउट भए ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सागर पुनले अर्धशतकिय पारी खेलेका थिए । उनले सर्वाधिक ८३ रनको योगदान दिएका थिए । लामो समय पश्चात राष्ट्रिय टिममा कमब्याक गरेका उनले ८४ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन जोड्दै पभेलियनमा फर्किए । उनलाई ओमनका जतिन्दर सिंहले क्याच आउट गरे । अर्को ओपनर ब्याट्सम्यान सुवास खकुरेल सुरज कुमारले रन आउट गरे । उनले मात्र ४ रन जोडेका थिए ।
यता, कप्तान पारस खड्काले खासै उल्लेख्य प्रर्दशन भने गर्न सकेन् । उनी ८ रन जोड्दै पभेलियनमा फर्किए । उनी ‘एलबिडब्लु’मा आउट भए । पाँचौ नम्बरमा मैदान प्रवेश गरेका दिपेश सिंह ऐरीले ९ रन मात्र बनाए ।
उनलाई नश्रिम खुशीले क्याच आउट गरे । आरिफ शेख ३६ रन बनाउँदै बाहिरिए । शेखलाई जेशन माक्सोदले क्याच आउट गरे । सागर र आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए ।
दुबैले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । त्यस्तै, रोहित कुमार पौडेल शून्य रनमा आउट भए भने सोमपाल कामीले ५ रन जोड्न सफल भए ।
प्रतियोगिता अन्तर्गत भोली ‘बिहीवार’ नेपालले किन्नारा मैदानमा संयुक्त अरब इमिरेट्स ‘युएई’को सामना गर्नेछ । एशिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया