काठमाडौं । नेपाली चलचित्र प्रसाद-२ निर्माण हुने भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्।
फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले निर्माण गर्न लागेका हुन् । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताए। उनले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिवद्धता जनाए।
उनले सञ्चारमाध्यममा पारिश्रमीक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागेपनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको बताए। त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले प्रसाद २ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।
फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया