सिलिकन भ्यालीमा रक्षा टोली पठाउने प्रस्तावमा अन्तिमरूप दिँदै भारत

एजेन्सी :भारत र अमेरिका दुबैले सिलिकन भ्यालीमा भारतीय रक्षा टोलीलाई जान दिन पाउने गरी एक प्रस्तावलाई अन्तिम रूप दिइरहेका छन् ।

यो टोलीले उदीयमान सैन्य प्रविधिको पहिचान र कोष व्यवस्थापनलाई ध्यान दिनेछ ।

यो प्रस्तावलाई अन्तिम टुंगो भने दुई देश बीच हुने टु प्लस टु संवादमा हुनेछ । टु प्लस टुमा दुईदेशका विदेश तथा रक्षामन्त्रीहरूको सहभागीता हुनेछ ।

यो प्रस्ताव पहिले गत वर्ष अमेरिकाले बनाएका थियो । क्यालिफोर्नियाको माउनटेन भ्युमा अमेरिकाको डिफेन्स इनोभेशन युनिट एक्सपिरियन्ट मा भारतीय टोलीको सहभागीता हुन्छ ।

भारतको रक्षा टोलीले अमेरिकी टोलीसँग मिलेर उदीयमान सैन्य प्रविधिलाई भारतमा विकास गर्न अध्ययन गर्नेछ ।

भारतका लागि यो एक ठूलो अवसर हुने भारतीय अधिकारीहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?