एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व व्यापार संगठनबाट हटाउने चेतावनी दिएका छन् ।
विश्व व्यापारको नियामक निकाय डब्लुटीओले अमेरिकालाई व्यवहार गर्ने तरिकामा परिवर्तन नगरे अमेरिका यो संगठनबाट हटने ट्रम्पले चेतावनी दिएका हुन् ।
ब्लुमबर्ग न्युजसँगको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भने “ उनीहरूले आकार लिँदैनन भने म डब्लुटीओबाट अलग हुनेछु ।”
विश्वका देशहरूबीच हुने व्यापारका समस्या समाधान गर्न विश्वव्यापीरूपमा नियम कानुन बनाउने गरी डब्लुटीओको स्थापना गरिएको थियो ।
तर संरक्षणवादी नीतिलाई अगाडि बढाउन खोज्ने ट्रम्पले डब्लुटीओले अमेरिकालाई ठीक तरिकाले व्यवहार नगरेको आरोप लगाउँछन् ।
डब्लुटीओले खुला व्यापार प्रणाली र अमेरिकी राष्ट्रपतिका व्यापारनीतिबीच उत्पन्न विवादका बारेमा कुरो उठाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफू यसबाट अलग हुने चेतावनी दिए ।
यसैबीच अमेरिकाले डब्लुटीओको विवाद समाधान गर्ने प्रणालीका लागि नयाँ न्यायाधीशहरूको निर्वाचनमा अवरोध खडा गरिरहेको छ ।
यस्तो गर्नुको पछाडि सम्भावित फैसला गर्न डब्लुटीओको क्षमतामा आघात पुग्नेछ ।
अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लिगथिजरले डब्लुटीओले अमेरिकी सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति बन्नुअघि देखि अन्यायपूर्ण व्यापारका विषयमा आवाज लगाउँदै आएका छन् ।
गतवर्ष फक्स न्युजसँगको अन्तार्वार्तामा ट्रम्पले भने “डब्लुटीओले हरेकलाई फाइदा पु-याउन तर हामी…हामीले सबै मुद्दा डब्लुटीओमा भएका सबै मुद्दा हारेका छौं ।”
अमेरिकाले हाल केही महिनादेखि केही मोर्चाहरूमा अमेरिकाले व्यापार युद्ध लडिरहेको छ ।
त्यस मध्ये चीनसँग लडिरहेको व्यापार युद्ध एक हो । विश्वका दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनले व्यापार युद्ध लडेरर विश्वलाई प्रभावित पारिरहेको छ ।
अमेरिकामा आयात हुने वस्तुहरूमा ट्रम्पले महशुल दर थपेको छ ।
यसक्रममा तेस्रो पटक २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ वस्तुमा अमेरिकाले महशुल थप्न लागेको छ ।
आगामी सातादेखि यो महशुल थपिने अपेक्षा गरिएको छ ।
ट्रम्पले यो समाचारलाई समग्रमा गलत नभएको बताए ।
चीनले पनि अमेरिकी सामानको आयातमा महशुल थपेर जस्ताको त्यस्तै नीति अपनाएको छ ।
साथै अमेरिका विरूद्ध डब्लुटीओमा यस विरूद्ध उजुरी दिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले डब्लुटीओको कानुनलाई उल्लंघन गरेको स्पस्ट देखिएको जनाएको छ ।
ट्रम्पले चिनियाँ वस्तुहरूको आयातमा पहिलो पटक महशुल थपेपछि चीनले अमेरिका विरूद्ध शुरूवाती उजुरी डब्लुटीओमा गरेको थियो ।
अन्तर्राष्ट्रि व्यापारको लागि कानुनी प्रणालीको मुटुको रूपमा रहने गरी सन् १९९४मा डब्लुटीओको स्थापना भएको थियो ।
व्यापार सम्बन्धी देशहरूबीच हुने विवादलाई समाधान गर्ने अन्तर्राष्ट्रिय नियामक निकायको रूपमा रही आएको थियो ।
नयाँ व्यापार उदारीकरण सम्झौताका लागि यो निकायको स्थापना गरिएको थियो ।
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता(नाफ्टा)लाई पुनर्जिवित गराउन अमेरिका र मेक्सिको सहमत भएको ट्रम्पले सोमबार घोषणा गरेका थिए ।
उनले यसलाई धेरै राम्रो सम्झौता र दुई देशबीच धेरै धेरै न्यायपूर्ण सम्झौता भएको टिप्पणी गरे ।
नाफ्टाको तेस्रो पक्ष क्यानासाग अमेरिकाको त्यसमा सहमति हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया