सेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्से ५७.६१ अंकले बढ्यो, १३ वटै सूचक हरियाली

लोकपथ
91
Shares

काठमाडौं । यस साताको पहिलो कारोबार दिन आइबार सेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा गत साता सकारात्मक माहोल देखिएको थियो । गत साता सेयर बजारमा १६६ अंकको वृद्धि देखिएको थियो । निरन्तर घतिरहेको सेयर बजारमा रौनकता फर्कदा लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

यस साताको पहिलो कारोबार दिन आज सेयर बजार २.८४ प्रतिशतले बढेको छ । यस दिन १३ वटै सूचक सकारात्मक छन् ।

नेपाल सेटक एक्सचेन्ज (नेप्से) का अनुसार यसदिन सेयर बजार मापक नेप्से परिसूचक नेप्से ५७.६१ अंकले बढेर २०८६.३८ बिन्दुमा उक्लिएको छ ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२२ अंकले बढेर ३९८.८४ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँको कारोबार भएको छ । आज व्यापार समूहको सेयर मूल्यमा उछाल आएको छ । यस समूहको सेयरमूल्य ९.३ प्रतिशतले बढेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको ५.६३ प्रतिशत, अन्य समूहको ४.७५ प्रतिशत, फाइनान्स समूहको ४.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४.९ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंकको ३.३८ प्रतिशत, व्यापार समूहको ३.५५ प्रतिशत, होटल एण्ड पर्यटन समूहको ३.५ प्रतिशत, लघुवित्तको ३.१ प्रतिशत, निर्जीवन बीमा समूहको २.१९ प्रतिशत, जीवन बीमा समूहको १.७२ प्रतिशत, बैंकिङ समूहको १.२३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४४ प्रतिशतले बढेको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, अप्पर तामोकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१५० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय गरेको ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?