कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?