लुम्बिनीबाट पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

लोकपथ
49
Shares

रुपन्देही । रुपन्देही प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले शंकास्पद अवस्थामा पछ्याउदै जाँदा जिल्लाको लुम्बिनी क्षेत्रबाट यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्क नजिक उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अली रहेको रुपन्देही प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीका अनुसार मोटरसाइकल चालक चिनकको कम्मरमा बाँधिएको कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान बरामद गरिएको छ ।

आइतबार राति साढे ८ बजे प्रहरीको गस्ती टोलीले पछ्याउने क्रममा भाग्ने क्रममा मोटरसाइकल गोरुलाई ठक्कर दिइ अनियन्त्रित भएर पल्टिएको थियो । मोटरसाइकल दुर्घटनामा परी तीनैजना घाइते भएको र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?