बसुन्धराको गेस्ट हाउसमा युवती मृत फेला, युवक फरार

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित बसुन्धरा गेस्ट हाउसमा एक युवती मृत अवस्थामा भेटिएकी छिन् । गेस्ट हाउसमा गएको भदौ ७ गते उपचारका लागि भन्दै उनले एक युवकका साथ होटल बुक गरेकी थिइन् ।

उक्त होटलमा ती युवती एक युवकसँग बस्दै आएकी थिइन् ।  बीचमा एक/दुईपटक उनीहरु उपचार गर्न भन्दै बाहिर समेत निस्केका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले युवकले नै हत्या गरेको हुनसक्ने बताएको छ । प्रहरीका अनुसार उक्त होटल भदौ ७ गते सुनसरीका अनिल परियारको नाममा बुक गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी भेषराज रिजालले युवती मृत अवस्थामा फेला परेको पुष्टि गरे ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?