काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । यो सुविधा CGAS प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन।
यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले Approve गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत वृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउनेछन्। ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब NCHLका सबै सदस्य बैंक-वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन् । Corporate Pay सुबिधा लिएका कार्यालयहरुले भने Corporate Pay प्रणालीमार्फत् आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस प्रणाली अनुसार सबै कार्यालयहरुले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको विवरण कोषको ई–सर्भिस पोर्टल http://eservice.nlk.org.np/ मार्फत चढाई सो विवरणलाई Submit गरेपछि प्राप्त हुने Submission नम्बर तथा अफिस कोडसहितको Print out लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले Submission नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको Bank Centrel Module मार्फत रकम जम्मा गरिदिने छन् ।
यसरी बैंकले Bank Centrel Module मार्फत दाखिला गरेको कारोबार रकम सहितको विवरण NCHLले API कोषको Core system मा Push गर्नेछ । उक्त विवरणलाई कोषले Verify गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीहरुको कोषको खातामा रकम जम्मा हुनेछ । २० लाख रुपैयाँसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट Corporate Pay सुविधा लिएका कार्यालयहरुले यो सुविधा आफैंले Corporate Pay मार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ । यसरी बैंक वा Corporate Pay मार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाखभन्दा बढी सहभागीहरुलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ ।
यसरी यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरेपछि कोषमा फाँटवारी र बैंक भौचर विगतमा पठाए जस्तै पठाउनु पर्ने छैन । यस प्रणालीको Operation Manual कोषको website: www.nlk.org.np मा रहेको Download भित्र Online Phatwari Collection manual शिर्षकमा सिकाइको छ।
कोषले यसभन्दा पहिले Connect IPS र मोबाईल बैंकिङ प्रणालीमार्फत कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानीको रकम संकलन गर्दै आएकोमा अब यस्तो रकम हिमालय बैंक वा लक्ष्मी बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट रकम जम्मा गरेमा बैंक दाखिला भौचर विगतमा जस्तै कोषमा दाखिला गर्न आउनु पर्नेछैन ।
ती बैंकहरुमा जम्मा गरिएको रकमको बिबरण कोषलाई ती बैंकहरुको प्रणाली मार्फत प्राप्त भई कोषबाट Approve हुनासाथ रकम दाखिला गर्नेको कोषको खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।यसले गर्दा सापटी रकम फिर्ता भुक्तानी गर्ने सहभागी कोषमा आउनुपर्ने अवस्थाको अन्त हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया