तिल्केवासीको नियति : पानी परेपछि घर छोडेर अस्थायी टहरामा आश्रय

लोकपथ
21
Shares

उदयपुर । कटारी नगरपालिका– १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षा सुरु भएपछि ज्यान जोगाउन अस्थायी टहरामा बस्न थालेका हुन् । त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए ।

१७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य सदस्य आफन्तका जाने गरेका छन् ।‘पानी परेपछि टहरामा बस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भने । बस्तीभन्दा ५ सय मिटरमाथि अस्थायी टहरा निर्माण गरिएको छ ।

कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैले सुरक्षित स्थानमा टहरा निर्माण गरेको वडाध्यक्ष खड्काले बताए । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परेकाले जतिबेला पनि पहिरो जाने खतरा छ ।

आईतबारदेखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपिछ टहरामा बस्ने गरेका छन् । गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान खतरामा रहेको तिल्केवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?