काठमाडौं । गृृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरेको छ ।
मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहरालाई सरुवा गरेको छ ।
यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई सरुवा गरिएको जनाएको छ । यस्तै, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग सुवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा गरिएको छ ।
यस्तै, कुवेर कडायतलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया