ईक्सभिला ‘स्टार्टअप वर्ल्डकप’काे नेपाल च्याम्पियन बन्न सफल

लोकपथ
49
Shares

काठमाडाैं । स्टार्टअप वर्ल्डकपकाे नेपाल च्याम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनौट भएको छ । स्टार्टअप वर्ल्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाईजेसन गर्ने स्टार्टअप ईक्सभिला नेपालको च्याम्पियन बनेको हो ।

स्टार्टअप वर्ल्डकपकाे रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाईनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वर्ल्डकपकाे उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पूर्ण संयन्त्रनै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फट्को मार्ने बताए ।

विश्वका सत्तरीभन्दा बढी देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनि संस्था स्टार्टअप हब नेपालले जनाए अनुसार गत बर्षको बिजेता ट्याक्सिमाण्डु र यस बर्षको विजेता ईक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिपर्धामा सहभागी हुनेछन् । दुवै चेम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिस्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए ।

बुधबार भएकाे नेपालको फिनालेमा उत्कृष्ट पाँच स्टार्टपहरु पनि छानिएका छन् । उत्कृष्ट पाँच स्टार्टअपहरुमा च्याम्पियन ईन्सभिल्लासँगै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौथोमा ह्यापि माईन्डस र पाँचौमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती पाँच स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले १ हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ भने उत्कृष्ट ३ स्टार्टअपलाई स्टार्टअप हब नेपालले प्रतिकम्पनी १० लाख रुपैयाँको लगानी पुरस्कार दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?