काठमाडौं । श्रीलंकाको राष्ट«पति मैथ्रिपाला सिरिसेनाको आज ६७ औँ जन्मदिन परेको छ ।
सन् १९५१ सेप्टेम्वर ३ मा जन्मेका मैथ्रिपाला सिरिसेना श्रीलंकाको राजनीतिज्ञ, ७ औँ राष्ट्रपति हुन् । उनी एक कृषिविज्ञ पनि हुन् । श्रीलंकाको राजनीतिक कुलीन वर्गसँग उनको परिवारको कुनै पनि सम्बन्ध छैन ।
सिरिसेनाले १९८९ देखि राजनीतिको यात्रा सुरु गरेका हुन् । उनले श्रीलंकाको संसदमा रहेर विभिन्न मन्त्रालयमा योगदान दिएका छन् । उनी श्रीलंका स्वतन्त्र पार्टीका महासचिव पनि हुन् । उनी नोभेम्वरमा २०१४ मा स्वास्थमन्त्रीमा चयन भएका थिए । सन् २०१५ को राष्ट्रपति निर्वाचनमा उनी राष्ट्रपति पदको लागि दाबेदार थिए । चुनावमा उनको विजय एक आश्चर्यको विषय भयो । सिरिसेनाले विपक्षी राजपक्ष हराएका थिए ।
राष्ट्रपति सिरिसेना बुधबार (भदौ १३) दिउँसो नेपाल आएका थिए । । सिरसेना हिजो भदौ १७ गते स्वदेश फिर्ता भएका हुन् । चौथो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा उनको सहभागिता रहेको थियो ।
नेपाल भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपदचाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका महत्वपूर्ण ऐतिहासिक वस्तुको अवलोकन गरेका थिए ।
राष्ट्रपति सिरिसेनाले लुम्बिनी भ्रमणबाट फर्किएपछि राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको थियो । शीतल निवासमा भदौ १६ गते नै उनको ऐण्भान्स ब्रथडे सेलिब्रेट पनि गरिएको थियो ।
शिष्टाचार भेटपछि दुवै देशका राष्ट्रपतिको उपस्थितिमा नेपालको इन्स्टिच्युट अफ फरेन अफेयर (आइएफए) र श्रीलंकाको बन्दरा नायके इन्टरनेशनल डिप्लोमेटिक ट्रेनिङ इन्स्टिच्युटबीच साझेदारी सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया