काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न निर्वाचनको मतगणना केहीबेरमा सुरु हुने भएको छ । मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
बुढीगंगामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको हो । बिहीबार भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो । वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो ।
बुढीगंगाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । कांग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया