काठमाडौं । डडेल्धुरामा हिनामिना गरेकाको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलिएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले आलिताल गाउँपालिका–३ मा रहेको समैजी कैलास सामुदायिक वन उपभोक्ता समिति (तुङ्गा) का अध्यक्ष सर्वजित मडैलाई कालोमोसो दलेका हुन् ।
मडैलाई बिहीबार राति कालोमोसो दलिएको हो । किर्ते कागज गरी सामुदायिक वन उपभोक्ता समिति र सब–डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ वनका अध्यक्ष मडैले हिनामिना गरेको आरोप लगाईको छ ।
सामुदायिक वन उपभोक्ता समितिका अन्य पदाधिकारीको नक्ली हस्ताक्षर गरी वनका अध्यक्ष मडैले रकम हिनामिना गरेको भन्दै बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले सांकेतिक कारबाही गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया