शुक्रबार पनि घट्यो सेयर बजार, मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

लोकपथ
70
Shares

काठमाडौं । लामो समयदेखि सेयर बजारमा उतारचढाव आइरहेको छ । लगानीकर्ताहरुको पुँजीबजारको विकास र विस्तारका लागि भन्दै आन्दोलनमा उत्रिएका थिए भने दश दिनसम्म आमरण अनसन समेत बसेका थिए ।

तर पनि सेयर बजारले गति लिन सकेको छैन । अस्थिर राजनीतिक उतारचढाव र निरन्तर घटिरहेको सेयर बजारका कारण लगानीकर्ताले आफ्नो मनोबललाई दरिलो पार्न सकेका छैन । लगानीकर्ताहरु आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । आगामी मौद्रिक कस्तो आउने भन्ने दोधारले गर्दा पनि लगानीकर्ताहरु निर्धक्क भएर सेयर बजारमा लगानी गर्न सकिरहेका छन् ।

सेयर बजारले फेरि १९ तर्फको यात्रा तय गरेको छ । शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ७१ अंकले घटेर १९९२.६१ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ५.६१ अंकले घटेर ३७९.८८ बिन्दुमा ओर्लिएको छ ।

आज १३ वटै सूचक राताम्य बनेको छ । आज व्यापार र होटल एण्ड पर्यटन समूहको सेयर मूल्य सर्वाधिक घटेको छ ।

कारोबार अवधिभर २१७ कम्पनीको ३० लाख ६३ हजार ४५३ कित्ता सेयर एक अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

ग्लोबल आईएमई सम्मुनत स्किम-१ का लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?