काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन् । निज लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ करोड ६९ लाख रुपैयाँ गरी कुल ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा -१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकहरू सामू ल्याएको छ ।
यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस-सी आइपिएस-फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया