काठमााडाैं : एसिया कप छनोटअन्तर्गत अहिले भर्इरहेको क्रिकेट खेलमा नेपालले हङकङविरूद्द लज्जास्पद पराजय भोग्ने जोखिम देखिएको छ ।
२१ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर जम्मा ५५ रन बनाएको छ । नेपालको ब्याटिङ २.५ रनरेटको अाैषतमा चलिरहेको छ ।
एकदिवसीय मान्यताप्राप्त नेपाललार्इ हङकङले निकै गम्भीर चुनाैती दिएको हो । हङकङका बलरसामु नेपाली ब्याट्स्म्यानहरू निकै निरिह देखिएका छन् ।
नेपालका ओपनिङ व्याट्सम्यान सुवास खकुरेललार्इ हङकङका बलर तनवीर अफ्जलले पहिलो बलमै पेभेलियन फर्कार्इदिएका थिए । त्यसयता नेपाली ब्याट्स्म्यानहरूको विकेट लगातार खसिरहेको छ ।
अहिलेसम्म विकेट गिरेका ब्याट्स्म्यानमध्ये अनिलकुमार साहले सर्वाधिक १५ रन बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया