काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिर सम्म पुगेर सम्पन्न भएको छ ।
बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात –जातीका गरी १०० वटा बिरुवाहरुको वृक्षारोपण गरेको छ । उक्त वृक्षारोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गरे ।
सो कार्यक्रममा बंैकका सञ्चालक केशव खतिवडा, अन्जु कुमारी गुप्ता लगायत बैंकका व्यवस्थापन समिति र कर्मचारीहरु समेत वृक्षारोपण कार्यमा सहभागी भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया