काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत नेपालले खराब प्रर्दशन गरेको छ ।
क्वालालम्पुरको यूकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले समूहको अन्तिम खेलमा ३७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल तयार पारेको छ ।
पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्य रनमा नै आउट भए ।
यता, कप्तान पारस खड्का १४ रन बनाएर आउट भए । उनलाई हङकङका म्याककेचिनीले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे। उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे ।
सागर पुन ७ रनमा नै आउट भए । दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले मात्र २-२ रन बनाए । ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता नै खोल्न सकेनन् बसन्त रेग्मी १५ रनमा नटआउट रहे।
नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७ दशमलब ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिन सफल भए।
त्यस्तै तनवि अफजल र अइजाज खानले समान २-२ विकेट लिएका थिए । अहिले ९६ रनको विजयी लक्ष्य लिएर हङकङले ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया