काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मुल्यमा दुई सय रुपैयाँले वृद्धि भएको जानकारी दिएको छ ।
मंगलवार छापावाल र तेजावी सुनको प्रति तोला एकै दिन २ सय रुयैयाँले वृद्धी भएको हो ।
महासंघका अनुसार छापावाल सुन ५७ हजार २ सयमा कारोवार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य ५७ हजार थियो ।
त्यस्तै, तेजाबी सुन मंगलवार ५६ हजार ९ सय रुयैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ सोमबार ५६ हजार ६ सय थियो ।
चाँदी मंगलवार प्रतितोला सात सय २० रुयैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया