इंग्ल्याण्ड । इंग्ल्याण्डका फरवार्ड रहिम स्ट्रलिङले स्पेन र स्विट्जरल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल नखेल्ने भएका छन् ।
ढाडको चोटका कारण फरवार्ड स्ट्रलिङले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका हुन् । २३ वर्षे स्ट्रलिङले इंग्लिस फुटबल संघलाई आफु चोटग्रस्त भएको भन्दै नाम फिर्ता लिएको बताएका छन् ।
सेन्ट जर्ज पार्कमा रािष्ट्रय टिमका सबै खेलाडीलाई उपस्थितीका लागि बोलाइएपनि उनी भने अनुपस्थित थिए ।
‘युईएफए’ नेशन्स लिगको तयारीमा रहेको इंग्ल्याण्डले मंगलबारराति स्विट्जरल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यस्तै, अर्को मैत्रीपूर्ण खेलमा स्पेनको सामना गर्नेछ ।
सन् २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले अहिलेसम्म ४४ खेल खेल्दै २ गोल गरेका छन् । उनले हाल म्यान्चेस्टर सिटीबाट व्यवसायिक क्लब खेल खेलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया