काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।
शनिबार बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।
‘जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले उहाँ (गिरिजाप्रसाद कोइराला) लाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो,’ उनले भने ।
अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै निरन्तरता पाउनेसमेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया