मुगुमा जीएसएसले बालबालिका शिक्षामा पैरवी गर्दै

लोकपथ
28
Shares

मुगु । ग्रामिण सामुदायिक संस्था (जीएसएस) ले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ ।

संस्थाले उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ । विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सामग्री सहयोग पनि गर्दै आएको जीएसएस मुगुले जनाएको छ ।

युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जीएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनकाअनुसार संस्थाले गरीब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी, स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको रावलले बताए । कार्यक्रमबाट जिल्लाका दुई दर्जन बढी दलित छात्राले लाभ लिइरहेका छन् । अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रमअन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ ।

कार्यक्रमअन्तर्गत एक दर्जनभन्दा बढीले आर्यआर्जन, बंगुरपालन, सिलाई कटाई, खरायो, कुखुरा र बाख्रा पालन गरी आयआर्जनमा फड्को मारेको यूएमएन मुगुका कार्यालय प्रमुख तेजेन्द्र सिंजालीले बताए ।

सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा बसाई व्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म, बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामग्री किताब राख्ने दराज, शौचालय भवन निर्माण लगायत काम गरेको संस्थाले जानकारी दिएको छ ।

विकासका सन्दर्भमा राहत वितरण होस् या जुनसुकै काम गर्न खोज्दा राजनीतिक हिसाबले गर्दा सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?