काठमाडौं । मलेसियामा जारी एशिया कप छनोटको फाइनलमा नेपाल पुग्न नसकेपनि सन्दिप लामिछानेका लागि भने फलदायी बनेको छ ।
मंगलवार भएको लिगको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएसँगै फाइनलमा पुग्ने सम्भाबना सकिएको हो । नेपालले ब्याटिङतर्फ खराव प्रर्दशन गरेपनि बलिङतर्फ भने उत्कृष्ट प्रर्दशन गरेको थियो ।
नेपाली बलरले शुरुमा ३ विकेट, पछिल्लो समय लगातार ४ विकेट लिएर केही आशा जगाएको भए पनि निकै झिनो लक्ष्य भएकाले त्यसले हङकङको जितका लागि कुनै असर गरेन ।
नेपालका लागि सन्दीप लामिछानेले मात्रै हङकङको ५ विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २७ रन मात्रै दिए । सागर पुनले १ र वसन्त रेग्मीले १ विकेट लिए । यसपटक पनि सन्दिपले उत्कृष्ट प्रदर्शन गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल मात्रै बनाउन सक्यो । ९६ रनको लक्ष्य हङकङले ३२ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
सन्दीपले हङकङका अन्सुमान रथ सहित क्रिस्टेफोर जेम्स च्याप्टर, बाबर हायात, किन्चीत साह र इसान खानलाई आउट गरेका थिए । सन्दिपले ५ खेलमा ४६ ओभरमा एक सय ३३ रन खर्चिदा २ दशमलव ८९ को इकोनोमीमा १४ विकेट लिन सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया