काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७८ मा आएको बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत दावी वापत मादी पावर प्रा.लिलाई १२ करोड तीन लाख नौं हजार तीन सय ५२ रुपैंयाँ भुक्तानी गरेको छ ।
उक्त रकम बराबरको चेक मादी पावर प्रा. लि का जनरल म्यानेजर वी जोन्छाउलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन्। सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्राहकहरुलाई यथासक्य चाँडै दाबी भूक्तानी गर्न प्रयत्नशिल रही आएको जानकारी दिएको छ ।
कम्पपनीले यस आर्थिक वर्षमा एक अर्ब अर्ब ५३ करोड रुपैंयाँ बराबरको दावी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया