काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।
यही असार २८ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । राष्ट्र बैंकका अनुसार जारी गरिने कुल ट्रेजरी बिल मध्येमा ९१ दिने अवधिको ८ अर्ब, एक सय ८२ दिने अवधिको ६ अर्ब र तीन सय ६४ दिने अवधिको ८ अर्ब ६० करोड रुपैयाँको रहेको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ असोज २५ गते, २०७९ पुस २६ गते र बिसं २०८० असार २६ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ । गत साता अर्थात यही असार २० गते पनि राष्ट्र बैकले १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी जारी गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया