काठमाडाैं : नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको अाशा लघुवित्तले ६ करोड रूपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्ने भएको छ ।
साधारण शेयर निष्काशन अनुमतिका लागि अाशाले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। प्रतिकित्ता १ सय रूपैयाँका दरले यो लघुवित्तले ६ लाख कित्ता अार्इपीअो जारी गर्न लागेको हो ।
अार्इपीअोका लागि बिक्री प्रबन्धकमा अाशाले प्रभु क्यापिटल लिमिटेडलार्इ नियुक्त गरेको छ । संस्थापक शेयरधनीहरूको स्वामित्व ७० प्रतिशत हुनेगरि प्रभुले यो लघुवित्तको शेयर निष्काशन र बिक्री प्रबन्ध मिलार्इदिनेछ ।
क्ता पूँजि १४ करोड रूपैयाँ रहेको अाशा लघुवित्तले गत अार्थिक बर्षमा १ करोड १० लाख खुद नाफा गरेको जनाएको छ ।
कम अाम्दानी भएका एवं विपन्न वर्गका महिलाहरूलार्इ अायअार्जनका लागि व्यवसाय सञ्चालन गर्न अाशाले लघुवित्त सेवा दिँदै अाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया