काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती ब्याटिङ गर्ने भएको छ ।
त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिताअघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो ।
यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।
विश्वकप लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।
नामिबियाविरुद्ध नेपाली टिम :
सन्दीप लामिछाने ९कप्तान०, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया