काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभिने भएका छन् । यसका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।
सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर वराबरसिद्धार्थ इन्स्योरेन्स लिमिटेडको१ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा दुवै कम्पनीकाे सञ्चालक तथा वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया