भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने

लोकपथ
35
Shares

काठमाडौं । इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला आज (मंगलबार)बाट सुरु हुँदैछ । इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ ।

तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम उच्च मनोबलमा छ । भारत एकदिवसीय खेलमा समेत आयोजक इंग्ल्यान्डलाई दबाबमा राख्ने योजनामा छ ।

ब्याटर रोहित शर्माको कप्तानीमा रहेको भारत पहिलो खेलमै घरेलु टिमविरुद्ध विजयी चाहन्छ । इंग्ल्यान्डले अघिल्लो एकदिवसीय श्रृंखलामा नेदरल्यान्डलाई ३–० ले पराजित गर्दै श्रृंखलामाथि ‘क्लिन स्विप’ गरेको थियो । जुन श्रृंखलाको पहिलो खेलमा इंग्ल्यान्डले ४९८ रन बनाएको थियो । यो नै एकदिवसीय अन्तरराष्ट्रिय खेलमा कीर्तिमानी (एकै इनिङमा सबैभन्दा बढी) स्कोर थियो ।

यता, भारतीय टिमले यसवर्ष जम्मा दुई एकदिवसीय खेल खेलेको छ । पहिलो एकदिवसीय श्रृंखलमा भारतले दक्षिण अफ्रिकाविरुद्धको श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । यस्तै, घरेलु मैदानमा भारतले वेष्ट इन्डिजविरुद्धको श्रृंखलामा ३–० ले नै जित निकाल्यो ।

कोहलीको टिम बाहिर

शिखर धवनको टिममा कमव्याकसँगै ओपनिङमा केही परिवर्तन आउन सक्छ । धवन कप्तान रोहितसँगै ब्याटिङमा उत्रन सक्छन् । यस्तै, पूर्व कप्तान विराट कोहली पहिलो खेलमा टिम बाहिर हुन सक्छन् । आफ्नो लय समात्न नसकेका कोहली हाल ग्रोइनको चोटबाट ग्रस्त छन् ।

कोहली बाहिर रहने स्थिति आए ईशान किसनले प्लेइङमा स्थान बनाउँन सक्छन् । यस्तै, सार्दूल ठाकुर वा प्रसिद्ध कृष्णामध्ये एकले पनि मौका पाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?