केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद शुरु, मन्त्री गहतराजद्वारा उद्घाटन

लोकपथ
21
Shares

काठमाडाै‌ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भविष्यका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागित हुने खुड्किलो भएको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा मंगलवारबाट शुरु भएको १२ औं केन्द्रिय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले विद्यालय स्तरका खेलाडी भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी भएको बताएका हुन् ।

मन्त्री गहतराजले आजका खेलाडीले पोखरामा हुने राष्ट्रिय खेलकुद र ओलम्पिकसम्मको यात्रा तय गर्ने गरेर तयारी गर्न आग्रह गरे ।
उद्घाटनको अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

मन्त्रीले खेलमा केही प्रदेशका खेलाडीहरु छुटेकोले प्रदेशले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउँदै सबै प्रदेशले जिम्मेवारीपूर्वक सबै खेलमा सहभागी भएर खेलाडीप्रति न्याय गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?