एजेन्सी: आईएफए २०१८मा विभिन्न किसिमका टेक्नलजि डिभाइसहरूको प्रदर्शन गरिएको छ । त्यसमा प्रदर्शित सर्वोत्तम गजेटहरूको बारेमा यहाँ चर्चा गरिएको हो ।
पहिलो
सामसङ ८५ इन्च ८ के क्यूएलइडी टीभी
सामसङ ८५ इन्च ८के क्यूएलइडी टीभीका विशेषताहरूमा यसका किनाराहरू पातलो वा स्लिम छन् ।
डिस्पले सार्पनेसका साथै ४ हजार निटको ब्राइटनेस विशेषता भएको यो टीभीमा नयाँ क्यूएलइडीको सुविधा छ ।
कम्पनीले यसमा प्रयोग गरिएको टेक्नलजिले ४के इमेजलाई ८के इमेजमा रूपान्तरण गर्न सक्छ । यो रूपान्तरण गरिरहँदा यसको पिक्चर क्वालिटीमा कुनै फरक नपर्ने कम्पनीले दाबी गरेको छ ।
दोस्रो
पोलारोइड वनस्टेप प्लस
विश्वको सर्वाधिक लोकप्रिय इन्स्टान्ट क्यामरामा डिजिटल प्रविधिको विकास गरी पोलारोइड वनस्टेप प्लसलाई सन्२०१८मा ल्याइएको छ ।
भिन्टेज स्टाइलमा क्यामराले ६०० इन्स्टान्ट फिल्म खिच्छन सक्छ ।
यसमा प्रयोग भएको प्रविधिले उपयोगकर्तालाई सेल्फी सुटको सुविधा पनि उपलब्ध गराएको छ।
तेस्रो
म्यान्टिस क्यू ड्रोन
म्यान्टिस क्यू ड्रोन उच्च स्तरीय ड्रोन फिचर भएको ड्रोन हो । यसको मूल्य ५०० अमेरिकी डलर बराबरको छ । यसमा ४के क्यामरा जडान गरिएको छ ।यो बोली वा अनुहारबाट नियन्त्रण हुन सक्ने विशेषता भएको ड्रोन हो ।
चौथो
सोनीको आइबो रोबोट डग
सोनीको नयाँ भर्सनको आइबो रोबोट डगमा नयाँ व्यवहारहरूको स्तरोन्नति गरी निर्माण गरिएको हो ।यसले धेरै जोखिमपूर्णकाम गर्न सकिने गरी निर्माण गरिएको हो । तर सोनीले यसलाई युरोपेलीबजारमा कहिले ल्याउने त्यसबारे जानकारी भने गराएको छैन् ।
पाँचौ
सामसङको फ्रेम
सामसङको फ्रम एक टेलिभिजन हो । यसलाई यो वर्ष स्तरोन्नति गरिएको हो । यो फ्रेम ४९ इन्चको मोडलमा आएको छ । यसमा आर्ट क्याटलग जडान गरिएको छ ।
छैठौं
कोकून हेडफोन
लन्डनमा आधारित कम्पनीले आवाजलाई खारेज गर्ने हेडफोनको निर्माण गरेको । यसले तपाईलाई निदाउन सहयोग गर्छ ।
संगीत सुनिरहेका बेला कोकूनको हेडफोनले त पाईको मगजलाई शान्त पार्छ ।
यसमा प्रयोग गरिएको इलेक्ट्रोडहरूले तपाईको मगजका तरंगको मापन गर्छ ।
त्यसपछि यसले तपाई शान्त शिथिल र आँखा बन्द गर्नेअवस्थामा पुग्न थालेको यो हेडफोनले थाहाँ पाउँछ ।
इन्टरनेट अफ थिंग्स एन्ड स्मार्ट होम्स
इन्टरनेट अफ थिंग्स आफैमा नयाँ अवधारणा होइन ।
यसमा परिवर्तन भइरहेको छ ।
आईएफएको प्रदर्शनीमा घरपरिवारमा प्रयोग हुने वस्तुका उत्पादकहरूले उत्पादन प्रस्तुत गरेका थिए ।
जर्मनको बोसले वासिंग मेसिन लगायतका वस्तुहरूको प्रदर्शन गरेको थियो । यस्ता वस्तुहरूमा अब बढी बौद्धिकता थपिएर प्रतिस्पर्धा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया