साफ च्याम्पियनसिप : नेपाली टिममा तीन खेलाडी परिवर्तन, गोलकिपर किरणले कप्तानी गर्ने

बंगलादेश । बंगलादेशमा जारी ‘साफ’ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

बिहीवार हुने खेलमा कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ र भरत खवासलाई परिवर्तन गरेको छ । भुटानविरुद्धको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।

नेपालले बिहीवारको खेल जित्नै पर्ने दबाबमा रहेको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीलाई ४-२-३-१ को फर्माटमा खेलाडीहरु मैदान उत्रदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?