काठमाडौं । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं.-०७, चर्रामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ९१ पुगेको छ ।
बैंकले भजनी न.पा. वडा नं.- ०७, चर्रामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा श्री उमेश कुमार कठरियालाई नियुक्त गरेको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि, ज्याला मजदुरी र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया