सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

लोकपथ
49
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका ६ सय ७५ जना विद्यार्थीहरुलाई निःशुल्क चश्मा प्रदान गर्न उपयोग गर्नेछ ।

उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरुलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?