बंगलादेश । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जनले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।
कप्तान महर्जन नेपाली फुटबलको इतिहासमै सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बनेका हुन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा मैदानमा छिर्दै महर्जनले नयाँ रेकर्ड बनाएका हुन् ।
उनी खेलको दोस्रो हाफमा सब्सिच्युड खेलाडीका रुपमा मैदानमा छिरेसँगै पूर्व कप्तान राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोड्न सफल भएका हुन् ।
पाकिस्तानविरुद्धको पहिलो खेलमा कप्तानी भुमिका निर्वाह गरेका महर्जन भुटानसँगको खेलमा भने दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । बिहीवार भएको खेलमा नेपालले भुटानलाई ४-० को शानदार जीत हात पार्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई बलियो बनाएको हो ।
महर्जनले १८ वर्षको उमेरमा सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाटै राष्ट्रिय टिममा डेब्यु गरेका थिए भने पाकिस्तानसँगकै खेलमा नेपालबाट सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडीको कीर्तिमानी पनि बनाए ।
सन् १९९७ को साफ च्याम्पियनसिपमा पाकिस्ताविरुद्ध खेलेपछि ६८ क्याप जितेका राजुले राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया