मुक्तिनाथ विकास बैंक र स्मार्ट च्वाईस टेक्नोलोजिजबीच सम्झौता

लोकपथ
28
Shares

काठमाडाैं । मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बिच स्मार्ट क्यु आरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच बैंककातर्फबाट, सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गर स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौताको मुख्य उद्देश्य भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने हो । तसर्थ यस सम्झौता पश्चात स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र बैंकबीच स्मार्ट क्यु आरप्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्टमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?