नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा

लोकपथ
14
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुविधाहरु पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?